लक्ष्य/उद्देश्य
- जिल्ला अस्पतालबाट प्रदान गरिने आकस्मिक, बहिरङ्ग (OPD), अन्तरङ्ग (IPD), प्रयोगशाला, फार्मेसी तथा विशेषज्ञ सेवाहरुको प्रभावकारी व्यवस्थापन, तथा गुणस्तर सुधार गर्ने गराउने ।
- जिल्ला अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको गुणस्तरियता कायम भएको निश्चित गर्ने/गराउने ।
- जिल्ला अन्तर्गतका आधारभूत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको अनुगमन, सुपरिवेक्षण तथा मुल्यांकन गर्ने ।
- औषधि, स्वास्थ्य उपकरणहरुको नियमित आपूर्ति व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने ।
- स्वास्थ्य सूचना प्रणलीलाई प्रभावकारी बनाउने ।
- जिल्ला स्तरमा जनस्वास्थ्य सम्बन्धी कृयाकलापहरुको योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, सहयोग, सहजिकरण तथा समीक्षा गर्ने गराउने ।
- जिल्ला अन्तरगतका स्थानीय स्वास्थ्य शाखा ,सरकारी स्वास्थ्य संस्था,निजि स्वास्थ्य संस्थाहरु, सरोकारवाला अन्य सरकारी र गैर सरकारी संघसंस्थाहरुसँग समन्वय, सहकार्य गर्ने गराउने ।
- प्राकृतिक प्रकोप, महामारी रोग रोकथाम नियन्त्रण गर्ने गराउने ।
- संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको उपभोग गर्ने परिवेश सुनिश्चित गर्ने ।
- प्रभावकारी एवम मैत्रीपूर्ण स्वास्थ्य सेवाको विकास र विस्तार गर्नु ।